प्राइम लाफको साधारण सभा मंसिर १९ गते, बुकक्लोजको मिति तय

२३ कार्तिक २०७८, मंगलवार १२:२२

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश प्रयोजनको लागि शेयर दाखिला खारेज किताब (बुकक्लोज)को मिति तय भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्नको लागि साधारण सभा र बुकक्लोजको मिति तोकेको हो ।

कम्पनीको कात्तिक २३ गते बसेको संचालक समितिको १४९ औं बैठकले कम्पनीको १४ औं वार्षिक साधारण सभा मंसिर १९ गते बस्ने निर्णय गरेको हो । सोही साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ९० लाख ८२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । सोही लाभांश कम्पनीको मंसिर १९ गतेको साधारण सभाले पारित गरि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*