सुन तोलामा २ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

२३ कार्तिक २०७८, मंगलवार ११:५३

काठमाडौं । नेपाली बजारमा आज सुन मूल्य घटेको छ । सोमबार प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको सुन आज भने २ सय रुपैयाँलेद घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, सोमबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*