मिथिला लघुवित्तको खुद नाफा २६.३१ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

२३ कार्तिक २०७८, मंगलवार ११:३९

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको अधिकाशं सूचकमा वृद्धि भएको छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २६.३१ प्रतिशतले बढेर १ करोड ९९ लाख ११ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो बर्षको सोही अवधिमा १ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा पनि वृद्धि भएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेर ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ पुगेका छ भने संचालन नाफा ९.९० प्रतिशतले बढेर २ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ०३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*