गुराँस लघुवित्तको संचालक समितिको अध्यक्षमा उदयनारायण बराल पुनः नियुक्त

२३ कार्तिक २०७८, मंगलवार ११:१६

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् ।

कम्पनीको उक्त पदमा यसअघि पनि बराल नै रहेका थिए । कम्पनीको छैठौं वार्षिक साधारण सभा कात्तिक २२ गतेसम्म कायम रहेको सो पदमा बराललाई पुनःः नियुक्त गरेको हो ।

कम्पनीको संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने सचालकहरुको निर्वाचन भई संचालक समितिको कात्तिक २२ गते बसेको १०४ औं बैठकले रिक्त रहेको उक्त पदमा बरालाई पुनः नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*