सिद्धार्थ इन्स्योरेन्सद्वारा सर्भेयरलाई सूचिकरण खुल्ला

२३ कार्तिक २०७८, मंगलवार ०९:५६

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले सर्भेयर सूचिकरण खुल्ला गर्ने निर्णय गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सर्भेयरहरुलाई सूचिकरण हुन भनेको हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार आव २०७८।०७९ को लागि बीमा क्षति मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचिकरण हुन भनिएको छ ।

कम्पनीले बीमा समितिबाट सर्भेयरको लाईसेन्स प्राप्त व्यक्तिले स्थायी लेखा नम्वर, नागरिकताको प्रतिलिपी तथा कार्य अनुभवको प्रमाणपत्र सहित सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*