१६ प्रतिशत बोनस शेयर दिने प्रार्ईम बैंकको निर्णय, कहिले हुँदैछ बुक क्लोज

२२ कार्तिक २०७८, सोमबार २१:०५

काठमाडौं । क बर्गको वित्तीय संस्था प्राइम कमर्सियल बैंकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर लाभांश बापत वितरण गर्ने निर्णय गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश सहित कूल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

बैंकले बुक क्लोजको मिति घोषणा गरेको छैन । केन्द्रीय बैंकबाट लाभांश स्वीकृत हुन बाँकी रहेकोले बैंकले साधारणसभाको मितिसँगै बुक क्लोज गर्ने जनाइएको छ । लाभांश घोषणासँगै बैंकको शेयर किन्नेहरु बृद्धि हुनसक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*