१९ अंकले घट्यो नेप्से, कारोबार चार अर्बमाथि

२२ कार्तिक २०७८, सोमबार १५:०९

काठमाडौं । तिहार विदापछिको पहिलो दिन नेप्से १९ अंकले घटेको छ । यद्यपि कारोबार भने चार अर्बभन्दा बढि नै रहेको छ ।

नेप्सेमा आज चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ रुपैयाँको शेयर कारोबार भएको छ । विहान केही समय बढेर कारोबार भइरहेको नेप्सेमा अपरान्हपछि ओरालो लाग्न सुरु भएको थियो । कारोबार बन्द हुनु पाँच मिनेट अघिसम्म २५ अंकले घटेको नेप्से बन्द हुनै लाग्दा केही कम्पनीहरुको मूल्य ह्वात्तै बढ्दा समग्र मूल्य सूचकको गिरावट १९ अंकमा सीमित भएको छ ।

सोमबार फाइनान्स कम्पनी, सामूहिक लगानी कोष र लगानी समुह मात्रै हरियो छ भने अन्य सबै उप सूचांकहरु राताम्मे छन् । तिहार पछिको पहिलो दिनमा कारोबार रकम भने औषतमै पुगेकोले आगामी दिनमा शेयर बजारको भविष्य चिन्ताजनक नरहेको विश्लेषण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*