महालक्ष्मी विकास बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२२ कार्तिक २०७८, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ७१ लाख ९२ हजार २९२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४० करोड ५६ लाख ३९ हजार २३९ रुपैयाँको कारोबार भएको छ ।

तिहारपछि पूँजी बजार खुलेको सुरुको दिनमा नै नेप्से १९.२ अंकको गिरावट आएको छ । नेप्से परिसूचक शुन्य दशमलव ६७ प्रतिशतले घट्दा कारोबार ४ अर्बमाथि सिमित भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ५२ करोड १० लाख ३ हजार ५९० रुपैयाँको कारोबार भएको हो ।

साथै नबिल बैंकको ३० करोड ३३ लाख, आइसिएफसी फाइनान्सको २२ करोठ ४० लाख, नेशनल हाइड्रोपावरको १५ करोड ४१ लाख र युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड ८ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*