साईबर पुनर्बीमा शुल्कमा ४० प्रतिशतसम्म बृद्धि, रान्सोमवयर काण्डले बढायो पुनर्बीमा शुल्क

२२ कार्तिक २०७८, सोमबार १३:३८

काठमाडौं । साइबर पुनर्बीमा दर विश्व भरमा ४० प्रतिशतले वृद्धि भएको छ । पुनर्बीमा ब्रोकर विल्स रिका अनुसार साइबर अपराधको पीडितलाई पैसा नदिए व्यक्तिगत डेटा सार्वजनिक गर्ने तथा साइट ब्लक गर्ने धम्की दिने गरेको छ । साइबर आक्रमणका कारण जुलाई महिनादेखि नविकरण सिजनमा विश्वभरको साइबर इन्स्योरेन्सको पुनर्बीमा दर ४० प्रतिशतले वृद्धि भएको उक्त संस्थाको भनाई छ ।

गत मे महिनामा अमेरिकाको रान्सोमवेयरमा साईबर आक्रमणका भएको थियो । जसका कारण अमेरिकाको सबैभन्दा ठूलो पाइप लाइन सञ्जाल कयौँ दिनसम्म बन्द भएको थियो । यो घटनाले बीमा तथा पुनर्बीमा कम्पनीहरुमा ठूलो रुपमा क्षती भएको थियो ।

यो साइबर आक्रमण पश्चात व्यवसायलाई पुनःसंचालन गर्नका लागि पहिलो त्रैमासमा रान्सोमवेयर भुक्तानीका लागि औसत २२०००० अमेरिकी डलर भुक्तानी गरिएको छ । जुन सन् २०२० को तुलनामा ४३ प्रतिशत बढी हो ।

साइबर बीमा तथा पुनर्बीमा पोलिसीहरुले रान्सोमवेयर भुक्तानीका साथ–साथै नेटवर्क पुर्नस्थापना, व्यवसायमा रोकावटका कारण भएको घाटा तथा कम्पनीको प्रतिष्ठामा पुगेको क्षतीका लागि पीआर एजेन्सी हायर गर्न लाग्ने खर्चहरु समेत कभर गर्ने गर्दछन् । बढ्दो साइबर आक्रमणका कारण साईबर रिइन्स्योरेन्सको शुलक बृद्धि भएको जनाइएको छ ।

ठूला दावीहरु परेका कारण बीमक र पुनर्बीमकहरुले अहिले साइबर कभरेजको रकम कटौति गरिरहेका छन् । यसको परिणाम स्वरुप फ्रान्स जस्ता देशहरु साइबर बीमकहरुले रान्सोमवेयर भुक्तानीहरु गर्ने कि नगर्ने भन्ने बारेमा बहस गरिरहेका छन् ।

अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)का निर्देशक क्रिस रेले गत साता पब्लिक कम्पनीहरु तथा अन्य पीडितहरुलाई रान्सोमवेयर भुक्तानीहरु नगर्न आह्वान गरेका थिए । यसले साइबर अपराधीहरुलाई भविष्यमा अझै धेरै आक्रमण गर्नका लागि प्रेरित गर्ने उनको तर्क रहेको थियो । (इन्स्योरेन्स जर्नलबाट साभार)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*