पाँचथर पावरको खुद नाफा ४४ प्रतिशत बढ्यो, विद्युत बिक्री आम्दानीको अवस्था कस्तो ?

२२ कार्तिक २०७८, सोमबार १२:३९

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको मुनाफामा उत्कृष्ट सुधार देखिएको छ। कम्पनीको प्रकाशित वित्तीय विवरणले गत आर्थिक बर्षको तुलनामा उत्कृष्ट मुनाफा गरेको देखाएको छ।

पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४४.६५ प्रतिशतले बढेर १० करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत बर्ष सोही अवधिमा कम्पनीले ७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.३९ ले बढेर १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत बर्ष सो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट १४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको थियो । चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १०.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०६.०३ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*