राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रि गर्दै, आजै बोलकबोल

२२ कार्तिक २०७८, सोमबार ११:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज दिउँसो २ बजे बोलकबोल हुँदैछ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनके लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि १० करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी माघ २५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७९ बैशाख २७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिकोस्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*