बजार खुलेको केही समयमा नै साहज उर्जाको शेयरमा सर्किट, शेयरमूल्य कति ?
२२ कार्तिक २०७८, सोमबार ११:३६
काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार खुलेको केही समयमा नै साहज उर्जा कम्पनीको शेयरमा सकारात्म्क सर्किट लागेको छ ।
दोस्रो बजारमा कारोबारमा आएको दिनदेखि नै कम्पनीको शेयरमा लगातार सर्किट लागेको हो । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत अंकले बृद्धि भएर शेयरमूल्य ६५२ रुपैयाँ ५० पैसा पुगेको छ ।