लाइफ इन्स्योरेन्स कर्पोरेशनद्धारा मृत्यु बीमा दाबी वापतको रकम भुक्तानी

२२ कार्तिक २०७८, सोमबार ११:१७

काठमाडों । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल ले मृत्युदाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको दमौली शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।कम्पनीले एक कार्यक्रम आयोजना गरि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका स्वर्गीय प्रेमचन्द्र पुनको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो ।

पुनको श्रीमती चममायालाई एलआईसी नेपालका गण्डकी प्रदेश प्रमुख श्रीखण्ड श्रेष्ठ र दमौली शाखा प्रमुख सुदिप ज्ञवालीले बीमा वापतको २३ लाख १ हजार १ सय ९० रुपैयाँ भुक्तानी गरेका हुन् ।
पुनको गत जेठ २० गते ४५ बर्षको उमेरमा निधन भएको थियो । उनले एलआईसीमा २० लाख ५० हजार रुपैयाँको जिवन बीमा गरेका थिए । दुई किस्तामा दुई लाख ९७ हजार ४४ रुपैयाँ कम्पनीलाई भुक्तानी गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*