स्टाण्डर्ड चार्टर्ड र सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ३० प्रतिशतले बृद्धि, अन्य १८ बैंकको बढ्दा कस–कसको घट्यो ?

२२ कार्तिक २०७८, सोमबार ११:२०

काठमाडौ । चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण सबै बैंकहरुले सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद व्याज आम्दानी वृद्धिमा भने यस त्रैमासिकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अन्य १९ बैंकभन्दा अगाडि देखिएको छ ।

बैंकले चालु आवको असोज मसान्तसम्ममा बैंकहरुको खुद व्याज आम्दानीमा ११.५३ प्रतिशतले वृद्धि देखिएको छ । सो मध्ये स्टाण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा बढि ३०.९६ प्रतिशतले बृद्धि भएको छ भने सिजिटन्स बैंकको खुद ब्याज आम्दानी ३०.१९ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको असोजसम्म ६० करोड १६ लाख खुद व्याज आम्दानी गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालु आवको असोजमसान्तसम्ममा ८७ करोड १३ लाख रुपियाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ । त्यस्तै सिटिन्स बैंकले गत आवमा ८३ करोड खुद ब्याज आम्दानी गरेकोमा यस आवको सोही अवधीमा एक अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

चालु आवको पहिलो तीन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद व्याज आम्दानीमा भने २१.७० प्रतिशतले गिरावट आएको वित्तीय विवरणमा झल्किएको छ । गत आवको असोजसम्म १ अर्ब ६३ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आवको असोजसम्म भने सो आम्दानीमा गिरावट आई १ अर्ब २७ करोड रुपियाँमा खुम्चिन पुगेको छ ।

खुद व्याज आम्दानीमा पनि एनआईसी एसिया बैंक नै अगाडि देखिएको छ । बैंकले पहिलो त्रैमासिकमा २ अर्ब ७८ करोड रुपियाँ खुद व्याज आम्दानी गरेको छ । सबैभन्दा कम व्याज आम्दानी गर्ने बैंकमा भने सेञ्चुरी कमर्सियल बैंक रहेको छ । बैंकले ३ महिनामा ६७ करोड १७ लाख रुपियाँ व्याज आम्दानी गरेको थियो ।

समग्रमा २०.२९ प्रतिशतले निक्षेप वृद्धि, ३९।२६ प्रतिशतले कर्जा वृद्धि गरेको एनआइसी एसियाको खुद व्याज आम्दानी समेत बढेर २८.७९ प्रतिशतले बढेको देखिन्छ । हरेक क्षेत्रमा आक्रामक वृद्धि गरेको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको नाफा सबैभन्दा बढी एक अर्ब १८ करोड रहेको छ ।

हेरौ तथ्याङ्क,

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*