आजदेखि शेयर कारोबार खुल्दै, के छ कारोबारको अवस्था ?

२२ कार्तिक २०७८, सोमबार ०६:२९

काठमाडौं । तिहार विदामा बन्द भएको शेयर कारोबार आजदेखि खुल्दैछ । यही कार्तिक १७ गते अन्तिम कारोबार भई बन्द भएको शेयर बजार तिहार विदा सकिएपछि आजदेखि खुल्न लागेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सार्वजनिक विदाको दिन बन्द हुने गर्दछ । बुधबार कारोबार बन्द हुँदा नेप्से परिसूचक २८४८.८४ बिन्दुमा बन्द भएको थियो । सो दिन छ अर्बभन्दा बढि कारोबार भएको थियो । यसअघि ३२०० बिन्दुसम्म पुगेको नेप्से बैंकहरुले ब्याजदर बृद्धि गरेका कारण निरन्तर ओरालो लाग्दै केही तल झरेको थियो । पछिल्ला दिनहरुमा नेप्से बृद्धि हुने क्रम जारी रहेको छ । बैंकहरुको बदमासीको कारण २५१४ सम्म झरेको नेप्से विस्तारै सुधारको मार्गमा अघि बढिरहेको छ ।

लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थाबाट कारोबार गरिरहेको तथ्याङ्कमा झल्किन्छ । दोस्रो बजारमा मूल्य निर्धारणको स्वतन्त्रता अक्षुग्ण राख्नुपर्नेमा विभिन्न तत्वहरु, माफियाहरु, माफियाका भरियाहरुले बजारलाई तलमाथि गर्ने प्रयत्न गरिरहेका हुन्छन् । सरकार र नियामक निकायले मूल्य निर्धारणको स्वतन्त्रता कायम राख्न नसक्दा नेपाली शेयर बजारमा सोझा र नव प्रवेशी लगानीकर्ताहरु फस्ने र माफियाहरु मोटाउने प्रवृत्ति बढिरहेको अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*