स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने तयारी गर्दै

२१ कार्तिक २०७८, आईतवार १५:२१

 

स्मार्टच्वाइस टेक्नोलोजीले आइपीओ निष्काशन गर्ने भएको छ ।नयाँ व्यवस्थापनसहित एससीटीले आइपीओ जारी गर्ने गरी आवश्यक तयारीमा जुटेको छ ।कम्पनीलाई थप बलियो र प्रतिस्पर्धात्मक बनाउन सार्वसाधरणका लागि आइपीओ निष्काशन गर्ने तयारी रहेको छ ।

पेमेन्ट सर्भिस अपरेटरको रुपमा चलिरहेको यस कम्पनीलाई कार्ड सेवामात्र नभएर पूर्ण डिजिटल सोलुसन सेवा दिन पूर्वाधार तयारको काम भइरहेको कम्पनीले जनाएको छ ।

पहिला कार्डमा मात्र सीमित रहेको एससीटीले अब क्युआर सेवा, मोबाइल बैंकिङ, पस टर्मिनहरु, पेमेन्ट गेटवे सेवाहरु थप गरेको छ ।रविन्द्र मल्लले नेतृत्व गरेको व्यवस्थापनले कम्पनी सञ्चालन गर्न नसकेपछि अहिले नयाँ व्यवस्थापन आएको छ । संस्थागतरुपमा मुलुकका अग्रहणी बैंक तथा वित्तीय संस्थाहरुले यसमा लगानी गरेका छन् ।

यस कम्पनीमा ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालय बैंकको मुख्य लगानी रहेको छ भने विकास बैंकहरुमा सांग्रिला विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, ग्रिन विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले एससीटीमा सहकार्य गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*