गुराँस लघुवित्तको बार्षिक साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा

२१ कार्तिक २०७८, आईतवार १२:३२

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं वार्षिक साधारण सभा भोलि (कात्तिक २२ गते) आव्हान गरेको छ । सभा धनकुटाको न्यू अञ्जुली होटलमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

उक्त सभाले आर्थिक बर्ष २०७७।०७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई १६.९० प्रतिशत बोनस शेयर र कर प्र्रयोजनका लागि ०.८८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले कात्तिक ८ गते एक दिनका लागि बुक क्लोज गरेका लागि कात्तिक ७ गते सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र साधारण सभामा भाग लिन पाउने छन् ।

त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी कार्य संचालक समितिलाई दिने र गत आर्थिक बर्षको वासलात, नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । साथै चालु आर्थिक बर्षका लागि लेखापरीक्षकको नियूक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*