एकचुरी भ्यालुएन स्वीकृती भएसँगै आठ कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?

१९ कार्तिक २०७८, शुक्रबार १४:२६

काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन्।

बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा आठ जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेका छन् । हालसम्ममा मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ र महालक्ष्मी लाइफले नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।

हरेक वर्षको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस प्रदान गरिन्छ। बीमा परिपक्व भए पछि बीमितिले एकमुष्ठ रुपमा पाउनेछन् । प्रत्येक वर्षको बोनसदर र सोहि वर्षमा भुक्तानी गरेको प्रिमियमका आधारमा बीमितले प्राप्त गर्ने बोनस रकम निकालिन्छ। जति धेरै बोनसदर हुन्छ बीमितले त्यतिनै बढि सुविधा लिन सक्छन्।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान) मा बीमा अवधिअनुसार न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर कायम गरेको छ । उक्त बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ८० रुपैयाँसम्म बोनस दर निधारण गरेको छ ।

त्यस्तै , कम्पनीले अग्रिम भुक्तानी बीमालेख (थ्री पेमेन्ट प्लान) कम्पनीले न्यूनतम प्रति हजार ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी बीमालेखमा १ देखि १५ वर्षे बीमा अवधिमा प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्षे बीमा अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा माथि अवधिका बीमालेखहरुमा ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइफ लाइफ इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ।
कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपंयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कार्तिक ३ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।
यस्तै नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्ल्स, एशियन वार्षिक धनलाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्युनतम ३२ रुपैयाँ देखि ५८ रुपैयाँ सम्म बोनस पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कार्तिक ५ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनस पाउनेछन् ।त्यस्तै, सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ३८ रुपैयाँ देखि ७३ रुपैयाँ बोनस दर सार्वजनिक गरको छ ।

प्रभु लाइफ

प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कार्तिक ५ गते स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन ।
यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ३५ रुपैयाँ देखि ५१ हजार रुपैयाँ बोनस पाउनेछन् ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बीमांकीय मूल्यांकन प्रतिबेदन बीमा समितिबाट असोज ६ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले न्युनतम १९ रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेका हुन् ।
सावधिक,सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ६० रुपैयाँ,अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४१ रुपैयाँ देखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनामा न्युनतम २४ रुपैयाँख देखि ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बीमितले बोनस पाउनेछन् ।

ज्योति लाइफ

ज्योति लाइफ इन्स्योरेन्सले न्यूनतम रुपैयाँ ४३ देखि ७५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेख अन्र्तगत बीमा अवधिअनुसार न्यूनतम प्रति हजार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधि अनुसार कम्पनीले प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर तोकेको छ । यस्तै, कम्पनीले अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

महालक्ष्मी लाइफ

बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६/७७ को बीमांकिय मूल्याङ्कन स्वीकृत गरेसँगै महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले न्यूनतम रुपैयाँ ४० देखि ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

महालक्ष्मी सावधिक जीवन बीमालेखमा बीमा अवधि अनुसार न्यूनतम ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर निधारण गरिएको छ।यस्तै, महालक्ष्मी सरल जीवन बीमा योजना, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधि अनुसार बीमितले न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५१ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*