मन्दाकिनी हाइड्रोपावरले आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

१९ कार्तिक २०७८, शुक्रबार १२:५३

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनका लागि अनुमति माग गरेको छ । कम्पनीले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको आइपीओ अनुमतिको माग गर्दै कात्तिक १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

बोर्डबाट अनुमति पाए पश्चात कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दर कुल १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आइपीओ निष्कासन र बिक्री प्रबन्धकका रुपमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*