गरिमा विकास बैंकको खुद नाफा १२७ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो ?

१९ कार्तिक २०७८, शुक्रबार १२:०१

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा १२७.०५ प्रतिशतले बढेर १८ करोड ४४ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेखनीय सुधार आएको छ । सो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा ५१.५८ प्रतिशत र सञ्चालन नाफामा १२६.९५ प्रतिशतले सुधार भएको छ ।

त्यस्तै, असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४ पैसाले बढेर वार्षिक २० रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*