आज म्ह पूजा, नेपाल सम्वत ११४२ को अवसरमा विविध कार्यक्रम

१९ कार्तिक २०७८, शुक्रबार ०८:११

काठमाडौं । तिहार पर्व अन्तर्गत राजधानी उपत्यका तथा विश्वभरि नै छरिएर रहेका नेवार समुदायहरुले म्ह (आत्म) पूजा गरी भव्य रुपमा मनाउँदैछन् । आजै नेपाल सम्वतको नयाँ वर्ष (न्हू द ) को अवसरमा विविध कार्यक्रमसाथ मनाइदैछ । शंखधर शाख्वाले ११४१ वर्ष पहिले सुरु गरेको नेपाल सम्वत आजबाट ११४२ औं वर्षको रुपमा सुरु हुँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

काठमाडौंको कैयौं स्थानमा मोटरसाइकल र्याली सहित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । राजधानी बाहिर, पोखरा, दोलखा, पनौति, हेटौडा, बीरगन्ज, पाल्पा, धरान आदि स्थानमा पनि नेपाल सम्वतको अवसरमा विविध कार्यक्रम राखिएको छ । नेपाल भन्दा बाहिर छरिएर रहेका नेपालीहरुले पनि नेपाल सम्वतको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको जनाएका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गरारएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरको भनाई छ । नेपाल सम्वत नेपालको आफ्नै मौलिक सम्वत समेत हो । चन्द्रमामा आधारित नेपाल सम्वत तिथिमा आधारित छ ।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गरेर तिहार भव्य रुपमा मनाउँदैछन् । कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने म्ह पूजा नेवार समुदायमा आफू स्वयम्को पूजा गरी मनाइने प्रचलन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*