मेगा बैंकले भाइटिकामा दक्षिण दिँदा क्यास ब्याक अफर

१८ कार्तिक २०७८, बिहीबार १४:०२

काठमाडौं । मेगाबैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । मेगाबैंकले तिहार अवसरलाई लक्षितगर्दैउपहार स्वरुप इ–तिहार क्याम्पियन र मेगा मार्ट क्याम्पियन संचालनमा ल्याएको हो ।

बैंकले इ–तिहार क्याम्पियन बाट भाइटिकाको दिन (कात्तिक २० गते) दक्षिणा दिँदा १५ प्रतिशत अर्थात ५०० रुपैंयासम्म क्यास ब्याक पाइने भएको छ । यसका लागि मेगा स्मार्ट बैंकिङको प्रयोग गरेर ग्राहकहरुले भाइटिकाको दिन दक्षिणा दिन सक्ने व्यवस्था मिलाइएको छ । मेगा मार्ट क्याम्पियन लक्ष्मी पुजाको दिनदेखि भाइटिकाको दिनसम्मका लाागि ल्याएको अभियानमा मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले घरायसी सामान खरिद गर्दा १० प्रतिशत अथवा ३०० रुपैंयासम्म छुटको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

यसैबीच, मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दृष्टि आई केयरमा बिशेष छुट पाउने सम्झौता भएको छ । काठमाडौंको कलंकीबाट सेवा दिदै आइरहेको उक्त दृष्टि आई केयरले बैंकका ग्राहकलाई बिशेष छुट तथा प्राथमिकता दिने समझदारी भएको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले डेबिट कार्ड र क्रेडिट कार्डको प्रयोग गरी ओपीडीमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १० प्रतिशत, शल्यक्रिया प्याकेजमा ५ प्रतिशत, आँखाको परीक्षणमा र ल्यावमा ५ प्रतिशत र चश्मा खरिदमा ७.५० प्रतिशत छुट पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*