बाँकेमा सनराइज बैंकको ७९ औं शाखारहित बैंकिङ सेवा

१८ कार्तिक २०७८, बिहीबार १३:४७

काठमाडौं । सनराइज बैंकले थप एक शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बाँके जिल्लाको जानकी गाउँपालिका वडा न ४ खजुराखुर्दमा आफ्नो ७९ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको बैंकले जनाएको छ ।

उक्त शाखा रहित बैंकिङ सेवाको उद्घाटन जानकी गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल र बैंकका नेपालगंज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्यले सयुक्त रुपमा गरेका थिए । उक्त शाखा रहित बैंकिङ सेवाका लागि ब्यावसायिक प्रतिनिधिका रुपमा ललिता मिश्रलाई नियुक्त गरेको छ ।

बैंकले हाल ७९ शाखारहित बैंकिङ सेवा, १३९ वटा शाखा कार्यालय र १५८ एटिएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*