रिडी र रैराङ हाईड्रो पावरबीच एक आपसमा गाभिने सम्झौता, शेयर कारोबार रोक्का

१८ कार्तिक २०७८, बिहीबार १३:४३

काठमाडौं । रैराङ हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा गाभिने सम्बन्धी सम्झौता भएको छ । जलविद्युत कम्पनीहरुमा अब मर्जरको लहर चल्ने संकेत देखिएको छ ।

दुबैं कम्पनी एक आपसमा गाभिने सम्बन्धी सम्झौतामा हिजो (कात्तिक १७गते) हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

उक्त समझदारी पश्चात दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलसम्मको लागि अस्थाई रुपमा कम्पनीको दोस्रो बजारमा हुने शेयर कारोबार समेत रोक्का राख्ने सहमति भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*