नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली भाइटीकाकै दिनमा सुचारु हुने

१८ कार्तिक २०७८, बिहीबार ११:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली शनिबार कात्तिक २० गते भाइटिकाको दिन पनि खुला रहने भएको छ ।

राष्ट्र बैंकले विकास ऋणपत्र २०८३ क, २०८१ ख र २०८७ घ को ब्याज भुक्तानी गर्नेलाई आरटीजिएस खुला रहने भएको हो । आरटीजिएस प्रणाली बिहान १० बजे देखी १२ बजेसम्म खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*