नबिल बैंकलाई ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२१

१८ कार्तिक २०७८, बिहीबार ११:४०

काठमाडौं । नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२१ बाट सम्मानित भएको छ ।

विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणको लागि जी–२० को ग्लोबल साझेदारीबाट अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट नबिल बैंक सम्मानित भएको हो ।

आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको जनाइएको छ ।

नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका साना तथा मझौला क्षेत्रलाई वित्तीय पहुँच पु¥याउन प्राथमिकताका साथ काम गरिरहेको छ । गत महिना पनि नबिल बैंकलाई एशियाली विकास बैंकले २०२१ को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा मान्यता दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*