माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

१८ कार्तिक २०७८, बिहीबार ११:३५

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको १२ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी सरद कुमार नेपालले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा कम्पनीको केन्द्रिय कार्यालय पुतलीसडक काठमाडौंको शेयर विभागमा आवश्यक कागजात खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य सर्वसाधारण ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*