सानिमा बैंकको अध्यक्षमा नियुक्त पौडेलले लिए शपथ

१८ कार्तिक २०७८, बिहीबार ०८:५९

काठमाडौं । सानिमा बैंकको अध्यक्षमा चयन भएका तुक प्रसाद पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । बैंक संचालक समितिको बैठकले पौडेललाई दुई दिन पहिले अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको छ ।

विगत ८ वर्षदेखि निरन्तर रुपमा संचालक रही काम गरिसेका पौडेल पहिलो पटक अध्यक्ष बनेका हुन् । हाइड्रोपावर डेभलोपमेन्टमा स्नातकोत्तर गरेका पौडेल हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*