बैंक अफ काठमाडुको सिइओमा मास्के नियुक्त

१८ कार्तिक २०७८, बिहीबार ०६:४४

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके)को प्रमुख कार्यकारी अधिकृतमा श्रवणलाल मास्के नियुक्त भएका छन् । नेपालको बैंक तथा वित्तिय क्षेत्रमा निकै लामो समय बिताएका अनुभवी मास्केले आगामी चार वर्षसम्म बैंक अफ काठमाडुमा नेतृत्व सम्हाल्नेछन् ।

बुधबार बसेको संचालक समितिको बैठकले मास्केलाई आगामी चार वर्षको लागि सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार बर्षे कार्यकाल पुरा गरेर शोभनदेव पन्त अवकाश भएपछि कामु प्रमुख कार्यकारीको जिम्मेवारीमा मास्के थिए । मास्केले बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*