सांग्रिला डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१७ कार्तिक २०७८, बुधबार १८:५८

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकको १७ औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले आव २०७७र ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गतेसम्म बन्द गरेको थियो । यस आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*