नेप्से झिनो अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, नबिल बैंकको मात्रै एक अर्बमाथि

१७ कार्तिक २०७८, बुधबार १५:१५

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ५ दशमलव २२ अंकले बृद्धि भई २८४८.८४ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ उपसूचक बाहेक सबै उपसूचकमा हरियाली छााएको छ । आज व्यापार समूह, होटल तथा पर्यटन समूह, निर्जीबन बीमा समूह, जीवन बीमा समूह र लगानी समूह भने राताम्य भएका हुन् ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकले लाभांश घोषणा गरेसँगै आज सर्वाधिक १ अर्ब १७ करोड ९७ लाख ८६ हजार १७९ रुपैयाँको कारोबार भएको हो । साथै महालक्ष्मी विकास बैंक, साहज उर्जा र आइसिएफसि फाइनान्सको शेयरमा सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*