नबिल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१७ कार्तिक २०७८, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९९ लाख ९५ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार १५२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ५ अंकले बढ्दा कारोबार ६ अर्बमाथि सिमित भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकले लाभांश घोषणा गरेसँगै आज सर्वाधिक १ अर्ब १७ करोड ९७ लाख ८६ हजार १७९ रुपैयाँको कारोबार भएको हो ।

साथै महालक्ष्मी विकास बैंकको ३५ करोड १७ लाख, अपि पावर कम्पनीको २८ करोड ९१ लाख, अरुण काबेली पावर कम्पनीको २१ करोड ७९ लाख र नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ६३ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*