इसेवा मनी ट्रान्सफरले कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

१७ कार्तिक २०७८, बुधबार १२:५८

काठमाडौं । इसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुबाट इसेवामनी ट्रान्सफर मार्फत रकम नेपालमा पठाउन सक्नेछन् । उक्त समझदारी पश्चात कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसंँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवा वालेटमा सहजै पैसा पठाउन सकिनेछ ।

अलदार एक्सचेन्जमार्फत पठाएको रकम, इसेवामनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन इसेवाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*