निर्जिवन बीमा कम्पनीहरुले उधारो बीमा गर्न छोडेनन्, स्थलगत निरिक्षण गरिएको १६ कम्पनी मध्ये अधिकांशमा कैफियत

१७ कार्तिक २०७८, बुधबार १२:३६

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमा बीमा समितिले स्थलगत निरिक्षण गरेको छ । १६ कम्पनीको सुपरिवेक्षण सम्पन्न भईसकेको बाँकीको तिहारपछि पुनः स्थलगत सुपरिवेक्षण कार्य सुरु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमापोष्टलाई जानकारी दिए ।

स्थलगत निरिक्षणका क्रममा कम्पनीहरुमा उधारो बीमा तथा बीमा दाबी भुक्तानीमा केहि समस्याहरु यथावत रुपमा देखिएको बीमा समितिले जनाएको छ । समितिका अनुसार स्थगलत निरिक्षणको क्रममा बीमा समितिको निर्देशिन विपपरित उधारो बीमा गरेको भेटिएको छ । गत असारमा पनि समितिले कम्पनीहरुलाई बीमालेख बिक्री गरेपछि बैंक खातामा पैसा नआउँदासम्म बीमा लेख जारी नगर्न निर्देशन समेत दिएको थियो ।

कम्पनीहरुले उधारो बीमा पोलिसी बिक्रि गर्ने समस्या यथावत् नै राखेको निरिक्षणको क्रमममा भेटिएको छ । समितिको निर्देशन विपरित उधारो बीमा गराउने कम्पनीहरुलाई आवश्यक कारबाही अघि बढाउने प्रकृयामा रहेको समितिको भनाई छ ।

समितिले २० निर्जिवन बीमा कम्पनीमध्ये ४ कम्पनीको निरिक्षण तिहार पश्चात् गर्ने जनाएको छ । बाँकि १६ कम्पनीको भने स्थलगत सुपरिवेक्षण सम्पन्न भईसकेको छ । २० निर्जिवन बीमा कम्पनीमध्ये सरकारी स्वामित्वमा रहेको सरकारी राष्ट्रिय बीमा कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, नेशनल र ओरियन्टल इन्स्योरेन्स कम्पनीको स्थलगत सुपरिवेक्षण हुन बाँकि रहेको छ ।

बीमा समितिले अनसाइट र अफ साइट निरीक्षण गर्दै आएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा तथा योजनामा पनि अन साइट तथा अफ साइट निरिक्षण प्राथमिकतामा रहने बीमा समितिले बताएको छ । नियामकको हिसाबले बीमा समितिले बीमा कम्पनीहरुको गतिविधिहरु माथि निगारानी राखि रहेको हुन्छ । बीमा कम्पनीहरुको व्यवस्थापकीय अवस्था, वित्तीय अवस्था, कर्मचारी संख्या, शाखा संजाल जस्ता विभिन्न गतिविधीमा नियामक बीमा समितिले ध्यान दिने गर्छ ।

सम्पूर्ण कम्पनीहरुको निरिक्षण प्रतिवेदन पश्चात् समितिले थप अध्ययन गर्छ । बीमा समितिको नियम र कम्पनी नियम अनु्रुप कार्य नगरेको खण्डमा कारबाहिको प्रकृया अघि बढाईने पौडेलले बताए । निर्जिवन बीमाबाट कृषि बीमाको निरिक्षणको टोलीले कार्य सम्पन्न गरिसकेको छ भने प्रतिवेदन आउँने क्रममा रहेको छ ।

कृषि बीमाको स्थलगत अनुगमनमा बिशेष गरि बीमा कम्पनीले नै कृषि प्राविधिक राख्नुपर्ने, कृषि बीमामा काम गर्ने कर्मचारीहरुलाई उचित तालिमको व्यवस्था नभएको र निर्देशिकाको मात्तहतमा रहेर बीमा कम्पनीहरुले कामलाई निरन्तरता नदिएको कुरा भेटिएको समितिले जनाएको छ ।

बीमा समितिले कृषि बीमा कम्पनीलाई जिल्ला नै तोकेर बीमा गराउन निर्देशन दिएको छ । बार्षिक रुपमा बिक्री गर्ने कूल व्यवसायको कम्तीमा ५ प्रतिशत बीमा तथा पशुपन्छीको हुनुपर्ने निर्देशिकामा समेत उल्लेख रहेको छ । उक्त निर्देशका बमोजिम रहेर कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा गरे नगरेको सम्बन्धमा कारबाहिको प्रकृया समेत अघि बढाईने समितिले जनाएको छ । उक्त स्थलगत अध्ययनको प्रतिवेदन भने यसै साता आउने बीमा समितिले जनाएको छ । कृषि बीमाको दायरा गत आर्थिक बर्षको तुलनामा ६० प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*