नबिल बैंकको सर्वाधिक ७० करोडमाथिको कारोबार

१७ कार्तिक २०७८, बुधबार १२:२४

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको करिब सवा एक घण्टामा सर्वाधिक नबिल बैंकको कारोबार भएको छ ।

कारोबारमा आएका २१३ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको ७० करोड ५५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको सर्वाधिक कारोबार भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै आज सर्वाधिक कारोबार भएको हो । कम्पनीको हालको शेयरमूल्य १६७५ रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*