२ कम्पनीको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

१७ कार्तिक २०७८, बुधबार १०:४०

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेको मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयरमा आवेदन दिने आज (कात्तिक १७ गते) अन्तिम दिन रहेको छ ।

मन्जुश्री फाइनान्सको संस्थापक समूह तर्फको ९५ हजार १६६ कित्ता र बैंकको १ लाख ८१ हजार ४७० कित्ता शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको थियो ।

संस्थापक शेयर बिक्रीका लागि फाइनान्सले प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैया र बैंकले १८५ रुपैया तोकिएको हुदा आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने छन् ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनी वा जो को व्यक्ति तथा संघ संस्थाले भदौ ३१ गते देखी कात्र्तिक ३ गते आवेदन माग गरेको हो । कम्पनीको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*