अरुण काबेली पावरको हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेण्ट नियुक्त

१७ कार्तिक २०७८, बुधबार ०६:४४

काठमाडौं । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि अरुण काबेली पावर लिमिटेड र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडबीच हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धका लागि सझौता भएको छ ।

कम्पनीको शतप्रतिशत हकप्रद शेयर नबिल इन्भेष्टमेण्ट बैकिंङ लिमिटेड नक्साल, काठमाडौं मार्फत निष्काशन हुने भएको छ । भदौ २६ गते कम्पनीको एघारौं वार्षिक साधारण सभाबाट १७ प्रतिशत बोनस वितरण गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सभाबाट पारित गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*