शिवम् सिमेन्टको साधारण सम्पन्न, २९ प्रतिशत लाभांश प्रस्ताव पारित

१६ कार्तिक २०७८, मंगलवार २१:०९

काठमाडौं । शिवम् सिमेन्टको छैठौं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । भएको छ । सभा कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सोल्टीमोड काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभाले संचालक समितिको निर्णय बमोजिम हाल कायम चुक्तापूँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

शिवम्ले विगत ४ बर्ष देखी कम्पनीले लाभाशं वितरण गर्दै आइरहेको छ । कम्पनीले छैठौं साधारण सभाका लागि कात्र्तिक ८ गते एक दिनका लागि बुक क्लोज गरेकाले भएकाले कात्र्तिक ७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त र सभामा भाग लिन पाएका हुन ।
साधारण शेयरधनीहरुको बैंक खातामा शेयर रजिष्टार सिद्धार्थ क्यापिटल मार्फत नगद लाभाशं वितरण गर्ने र बैंक खाता नम्बर हितग्राही खाता अद्यावधिक नगर्नु भएको भएका शेयरधनीहरुले अद्यावधिक गरी नगद आभाशं लिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*