सानिमा बैंकको ११७ औं शाखा उदयपुरको गढीमा

१६ कार्तिक २०७८, मंगलवार २१:०६

काठमाडौं । सानिमा बैंक लिमिटेडले उदयपुरको गढीमा थप एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखाको उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दाहालले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । बिस्तारित शाखा कार्यालयबाट ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सदरमुकाम जानु पर्न बाध्यताको अन्त्य हुने बिश्वास बैैंकले लिएको छ । उक्त शाखाबाट बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।
थप एक शाखा कार्यालय थप गरेसँगै हाल देशभर बैंकले ११७ शाखा कार्यालय र ९७ एटिएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*