कलंकीमा राष्ट्रिय बीमा संस्थानको नयाँ शाखा विस्तार, उत्कृष्ट अभिकर्तालाई सम्मान

१६ कार्तिक २०७८, मंगलवार १७:४७

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले थप एक शाखा कार्यालयमा बिस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा १४ कलंकीमा आफ्ना शाखा कार्यालयको औपचारिक रुपमा शुभारम्भ गरेको हो । कार्यक्रममा उक्त शाखाका उत्कृष्ट अभिकर्ताहरुलाई पनि सम्मान गरिएको थियो ।

संस्थानका संचालक समितिका अध्यक्ष गंगा राम कडेलल उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमका बीच राष्ट्रिय बीमा संस्थान कलंकी शाखा प्रमुख सम्पदा पौडेलले सम्बोधन गर्दै शाखा लाई एक उदारणीय शाखा बनाउन सबैंको सहयोग पुग्ने अपेक्षा व्यक्त गरेकि छिन् । आगामी दिनमा एक सफल शाखामा आउन सबैको साथ र सहयोगको समेत खाँचो रहेको उनले कार्यक्रममा बताईन् । सरकारी स्वामित्वमा रहेको संस्थानको हाल नेपालभर २२ वटा शाखा र तीन शाखा औपचारिक रुपमा शुभारम्भ हुन बाँकी रहेको छ।

कार्यक्रममा संस्थानका प्रशासक कवि पाठकले भने, अनौपचारिक रुपमा संचालन भईरहे पनि संस्थाको यो शाखा ५ नम्बरमा पर्न सफल भएको छ । ’ आगामी दिनमा पनि निरन्तर रुपमा उत्कृष्ट शाखाको रुपमा अघि बढ्दै जाने अपेक्षा लिएको उनले बताए ।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । अभिकर्ता महेश्वरी पनेरु, सीता राउत, अनिता श्रेष्ठ र विश्वेश्वर अधिकारीलाई सम्मान कार्यक्रममा दोसल्ला ओडाएर सम्मान गरिएको थियो भने रोशनी श्रेष्ठ, सीता राउत, अनिता श्रेष्ठ र महेश्वरी पनेरुलाई बीमालेख वितरण सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा काठमाडौं उपमहानगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभा सापकोटा, संस्थानका बजार विज्ञ रमेश कुमार पोखरेल लगायत संस्थानका कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*