देशभर पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

१६ कार्तिक २०७८, मंगलवार १६:३९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जना कोरोनास संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ जनामा गरिएको पीसीआर परीक्षणमा ४२२ जना र ३ हजार १७२ ओटा एन्टिजेन परीक्षण गरिएकोमा ४७ हजार गरी कुल ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै सोही अवधिमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*