तिहारमा घर जाने व्यक्तिलाई काठमाडौंको ४ स्थानमा कोरोनाविरुद्धको खोप लगाउने सुविधा

१६ कार्तिक २०७८, मंगलवार १४:०९

काठमाडौं । काठमाडौंबाट तिहारमा घर जाने व्यक्तिलाई काठमाडौंका ४ स्थानमा कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंबाट बाहिर जाने यात्रुलाई काठमाडौंको कोटेश्वर, कलंकी, बल्खु र गोंगबुमा कोरोनाविरुद्धको खोप लगाइने भएको हो । उक्त तोकिएको स्थानमा यात्रुलाई निःशुल्क रुपमा भेरोसेल र एस्ट्राजेनेका खोप लगाइनेछ ।

उक्त स्थानमा आज र भोली दुई दिन बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म खोप दिइनेछ । उक्त खोप लगाउन यात्रुले उमेर खुल्ने परिचयपत्र देखाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*