सन नेपाल लाइफद्धारा आमा गुमाएकी सायमीलाई मासिक १५ हजार आय सुविधा

१६ कार्तिक २०७८, मंगलवार १३:१४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भोजपुरको षडानन्द नगरपालिका १२ निवासी ८ बर्षीय सायमी राईलाई १५ हजार रुपैयाँ मासिक आय सुविधा उपलब्ध गराउने भएको छ ।

सायमीलाई उनकी आमा सबिना राई प्रस्तावक रहेर ३ बर्ष अगाडि जीवन बीमा गरेकोमा कोरोनाका कारण सबिनाको मृत्यु भए पश्चात कम्पनीले सायमीलाई शैक्षिक सुविधा वापतको रकम उपलब्ध गराउने भएको हो । उनको परिवारले वार्षिक ४९ हजार ७२४ रुपैयाँ किस्ता बुझाउँने गरी १५ बर्षे बीमा गरेको थियो ।

कम्पनीको उपशाखा भोजपुर कार्यालयमा छोरी सायमी राईको बाल समृद्ध सावधिक जीबन बीमा योजनामा प्रस्ताबक रही ७ लाख ५० हजार रुपैयाँ बीमाङ रकमको जीबन बीमा गरेकोमा सबिनाको मृत्यु भएकाले बीमालेखको सर्त अनुसार बीमित बालिकाका बुबा बिकास राईलाई मृतकको किरिया खर्च ५० हजार रुपैयाँ समेत प्रदान गरेको छ ।

त्यस्तै, सायमी राईको उमेर १६ हुन्जेलसम्म बीमा शुल्कमा छुट र मासिक आय सुबिधा १५ हजार रुपैयाँ गराउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*