जनरल इन्स्योरेन्सले निर्जीबन बीमा अभिकर्ता तालिम दिने, कहिलेसम्म दिने आवेदन ?

१६ कार्तिक २०७८, मंगलवार ११:५५

काठमाडौं । जनरल इन्स्यारेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीबन बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै बीमा ब्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गर्न लागेको हो ।

कम्पनीले कात्तिक २८ गतेदेखि कात्तिक ३० गतेसम्म ३ दिन काठमाडौंमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तालिम दिने भएको हो । उक्त तालिममा सहभागी हुने ब्यक्तिले बीमा इजाजतपत्र शुल्क ५०० रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

साथै सो तालिममा सहभागी हुन एसएलसी वा सो सरहको शैक्षिक योग्यता हुुनुपर्नेछ । योग्यता पुगेका इच्द्धुक ब्यक्तिले कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरुबाट तालिममा सहभागी हुनका लागि कात्तिक २२ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*