नेरुडे लघुवित्तको करिब साढे १ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४०० तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । आवेकदले न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सक्नेछन् ।
संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात सहित मंसिर २० गतेसम्म कम्पनीको शेयर बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिलमा आवेदन दिनुपर्नेछ ।