लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ संचालक सदस्यमा बी.सी पटनायक नियुक्त

१६ कार्तिक २०७८, मंगलवार ११:२३

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले संचालक समितिमा नयाँ सदस्य नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा बी.सी. पटनायकलाई नियुक्त गरेको जनाएको हो ।

यसअघि सो पदमा रहेका मुकेश कुमार गुप्ताको पदावधि असोज १४ गते समाप्त भई रिक्त रहेको सो पदमा असोज १९ गते (अक्टोबर ५) बाट नै लागू हुने गरी संचालकको रुपमा नियुक्त गरेको हो ।

पटनालाई भारतीय जीबन बीमा निगम (एलआइसी इण्डिया) ले असोज १९ मा मनोनित गरीएको जानकारी असोज २२ गते संचालक समितिको सर्कुलर रिसोलुशनद्धारा अनुमोदन भएकाले कम्पनीको संचालक समितिमा नयाँ सदस्यका रुपमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*