२७.३७ प्रतिशत लाभाश पारितका लागि लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

१६ कार्तिक २०७८, मंगलवार १०:४७

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर १० गते काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट बस्ने गरी आब्हान गरेको हो ।

उक्त सभाले २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गते बिहान १०ः३० बजे बसेको संचालक समिति १४० औं बैठकले उक्त निणर्य गरेको हो ।

लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्तापूजी ३२ करोड ४५ हजारको आधारणमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सभा प्रयोजनका लागि कात्तिक ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले कात्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*