समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

१५ कार्तिक २०७८, सोमबार १७:०२

काठकमडमैं । समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको आज सम्पन्न संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २८ करोड ५६ लाख २० हजारको आधारमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*