सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदै

१६ कार्तिक २०७८, मंगलवार ०६:१७

काठमाडौं । सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । आज ८ः३० बजे क्यापिटलको मुख्य कार्यालयमा आइपीओ बाँडफाँड गरिने कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले बीमापोष्टलाई जानकारी दिएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो ।सर्वसाधारणका लागि माग गरिएको भन्दा ३९ दशमलव ६७ गुणा धेरै हो ।कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९ दशमलव ५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*