सनराइज बैंकको खुद नाफा १२.४७ प्रतिशतले वृद्धि, अन्य सुचक कस्तो ?

१५ कार्तिक २०७८, सोमबार १४:४०

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा बैंकको नाफामा सुधार देखिएको हो ।बैंकले पहिलो त्रैमाससम्ममा खुद नाफा १२.४७ प्रतिशतले बढेर ४३ करोड ७ लाख १६ हजार रुपैयाँ रहेको थियो । जुन अघिल्लो बर्षको सोहि अवधिमा खुद नाफा ३८ करोड २९ लाख ७७ हजार नाफा कमाएको हो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो बर्ष ९२ करोड ७९ लाख ७६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक बर्षका असोज मसान्तसम्म आइपुग्दा ०.५१ प्रतिशतले घटेर ९२ करोड ३२ लाख ६१ हजार रुपैयाँमा सिमित भएकोे छ ।सञ्चालन नाफा ६.४० प्रतिशतले बढेर ५८ करोड २१ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*